चलचित्र “नीरफूल” कोरियामा, सउल शो जून २५ मा हुने
बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “नीरफूल” यही जून २५ तारिख अाइतबार हुने भएकाे छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा सउलकाे (서울 종로구 지봉로길 7-5 (종로구민 회관) हलमा चलचित्र प्रर्दशन हुनेछ ।
नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ चलचित्र प्रदर्शनको तयारीमा जुटेको घेदुङका अध्यक्ष राजकुमार स्याङतनले जानकारी दिए । चलचित्र “नीरफूल” सउल शो को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्र दिउँसो १२ बजे शुरु गरिने अायाेजकले जानकारी दिएका छन् । टिकट शुल्क २५ हजार कोरियन वन रहेकाे महासचिव दावा फिन्जो तामाङले बताए ।
चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको विभेदपूर्ण व्यवहारलाई चित्रण गर्न खोजिएको छ । आर्थिक अभावका कारण सन्तानलाई शिक्षा दिनकै लागि विदेशिन परेको र विनासकारी महाभुकम्पका कारण तत्कालिन अवस्थामा व्यहोर्नुपरेको कहालीलाग्दो घटना (आमा निबा, मेरो जामे खै विशुद्ध पारिवारिक घटना) लाई विषयबस्तु बनाएर पात्रका रुपमा तामाङ चरित्रमार्फत दिन खोजिएको सन्देश वास्तवमै तथ्यपरक छ ।
अार्गानिक कथा भएकाे चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली महानुभावहरुमा आयोजक नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले अनुरोध गरेको छ ।