नेपाल गोरखा परिवारले जुलाई २२ र २३ तारिक दुईदिने बनभोज कार्यक्रम आयोजना गर्ने
कोरिया स्थित नेपाल गोरखा परिवारले आउँदो जुलाई २२ र २३ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । बृहत भेटघाट हुने अवसर जुटाउँदै मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित योङ्इन स्थित (용인 로드47 펜션) मा सो कार्यक्रम गरिने भएको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध गोरखाली दाजुभाई तथा दिदीबहिनीहरुविचको एकता र आत्मीयता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रम ब्यापक हुने संस्थाका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
“प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको नेपाल गोरखा परिवार दक्षिण कोरियाद्धारा आयोजित उक्त बृहत भेटघाट तथा बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई ९०,००० र महिलाका लागी ७०,००० कोरियन वोन निर्धारण गरिएको संस्थाका सहसचिव देवि गौतमले स्पष्ट पारे ।
कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन समस्त गोरखाली तथा गैर गोरखाली महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अपिल गर्दै ईच्छुक व्यक्तिहरुले आफूलाई पायक पर्ने स्थानबाट सहभागी हुने गरी संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गरेर यथासक्य छिटो नाम टिपाउनुहुन समेत अनुरोध गरेको छ ।