कोरिया आइपुगेको ५ महिनामै घातक रोगको सिकार भईन् निरूता महत, सहयोगका लागि अपिल
नेपालमा अहिले लहर नै चलेको छ १२ कक्षा वा स्नातक पास गरे पछि आफ्नो पारिवारिक स्थिति अनुसार कुनै देशमा गएर सुन्दर भविष्य बनाउने कल्पना गर्न थालने । यो सबै नेपाली युवाहरुको रहर मात्रा नभएर धेरै चाहिँ बाध्यता नै हो । त्यस्तै मध्येकी एक हो २१ बर्षिय निरूता महत ।
करिब पाँच महिना अगाडि केही रहर र केही विवशता बोकेर २१ बर्ष कै कलिलो उमेरमा सात समुन्द्र पारी दक्षिण कोरिया आईपुगेकी हुन उनी । तर तिनै निरूता अहिले चोन्नाम नेशनल हस्पिटलको शैयामा आफ्नो जीवनकै लागी संघर्ष गर्दैछिन् ।
एक महिना अघि अस्पातल भर्ना भएका काभ्रे जिल्ला पनौती चुवाककोट-५ की निरूतालाई Autoimmune encephalitis (G04.8)नामक घातक रोग लागेको डाक्टरले बताएको छ । उपचार पछि विस्तारै उनको स्वास्थ्यमा सुधार आउन थालेको छ। तर उनको उपचारमा स्वास्थ बिमाले बेहोर्ने रकम बाहेक १ करोड ५० लाख वन भन्दा बढी रकम आवश्यक पर्ने अस्पताल स्रोतले जनाएको छ ।
विद्यार्थी भिषामा रहेकी निरूतालाई यो रकम थोरै होइन । घरको आर्थिक अवस्था पनि कमजोर भएकाले यत्रो रकम जोहो गर्न नसकिने देखिन्छ । यसै कुरालाई मध्यनजर गर्दै काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ ।
लामो समय देखी विभिन्न सामाजिक कार्यहरुमा सकृया सहभागिता हुँदै आएको यस संस्थाले समस्यामा परेको नेपाली चेली निरूतालाई आपत परेकोले सहयोग अभियान सञ्चालन गरेको समितिका अध्यक्ष प्रकाश योञ्जनले जानकारी दिएको हो ।
साथै दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुमा बिरामी निरूताको जीवन बचाउन सहयोग गरिदिनुहुन अपिल गरेको छ । बिरामीलाई निम्न माध्यमबाट सहयोग गर्न सकिन्छ –
HANA BANK
Account – 468910246-95007
A/c Holder: CHAULAGAIN SUMAN
सम्पर्क:- 010-7342-9458
थप जानकारीका लागि सम्पर्क नम्बरहरु:
सानू लामा:-010-5964-1729
प्रकाश योन्जन:-010-5939-9308
मनोज मगर :-010-9679-5234
सुष्मा थापा:-010-6567-0766