पुरण याम्फू राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन
किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेश सम्पन्न भएको छ। दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा सम्पन्न महाधिवेशनले पुरण याम्फू राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनिल राई , उपाध्यक्षमा – सुनिल वान्तवा राई, जुनल राई, श्री राई र सन्तोष राई चयन भएका छन्। महासचिवमा – छत्र राई, सचिवमा मौषम राई र बालकृष्ण राई चयन भएका छन्। भने कोषाध्यक्षमा – पुष्षा मुकारुङ राई र सह- कोषाधक्षमा जव राज राई यसैगरी सदस्यमा जीतेन राई, मणि चाम्लिङ र राई दुर्लभ काइँला सर्वसम्मत चुनिएका छन्।
नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। अधिवेशनमा विभिन्न सञ्चारकर्मी लगायत संस्थालाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान पनि गरिएको थियो।