Advertisement
SKIP THIS

अनुभव र परिपक्कता नै मेरो उम्मेदवारीको मुख्य कारण हो – बुद्धि गुरुङ


सन् १९९० ताका नेपालबाट दक्षिण कोरिया आउन अहिलेको जस्तो गाह्रो थिएन । नेपालबाट प्लेन चढेर कोरियाको एयरपोर्ट आइपुगेपछि एराइभल भिसा पाइन्थ्यो । त्यसैले पासपोर्ट बोक्यो टिकट काट्यो लाग्यो कोरिया । हो त्यस्तै समय अर्थात सन् १९९१ मा कास्कीबाट २२ बर्षको उमेरमै कोरिया आएका हुन बुद्धि गुरुङ ।

सुरुका वर्षहरूमा मजदुरी गरे । साहुको काम कति गर्ने भन्ने सोचले उनले आफैले सन् १९९९ मा राजधानी सउलको दोङ्देमुनमा नेपाली पसल खोले । व्यापार व्यवसाय फैलाउन दिन रात लागे । अहिले नेपाली व्यवसायीहरुको बाग्लो बसोबास रहेको दोङदेमुनमा व्यवसायको सुरुवात आफैले गरेको दाबी छ गुरुङको । “उक्त समयमा दोङदेमुनमा विदेशी म सहित एकजना बङ्गाली र पाकिस्तानीको मात्र पसल थियो ।” पुराना दिन सम्झिए ।

अहिले भने सुवन र ख्यङ्गीदोको विभिन्न क्षेत्रमा ४ वटा नेपाली रेष्टुरेन्ट संचालन गर्दै आएका छन् । यसरी लामो समयसम्म कोरियामा रहेर व्यवसाय गर्दै गर्दा विभिन्न सामाजिक संस्थाहरूमा अवद्ध भएर सामजिक कार्यहरुमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छन् । केही समय ख्यङ्गीदोमा भाषा अनुवादकको रुपमा सेवा गरिसकेको अनुभव पनि छ । अहिले पनि अध्यागमन सम्बन्धी तथा भाषाको कारणले समस्यामा परेका नेपालीहरुलाई आवश्यक सहयोग गर्दै आएका छन् ।

व्यवसायीका यात्रा सँगै सामाजिक कार्यमा सक्रिय हुँदै गर्दा एनआरएनए दक्षिण कोरियाको सदस्यको रुपमा पनि एक कार्यकाल काम गरिसकेको अनुभव छ गुरुङसँग । त्यसपछि एनआरएनए कोरियाको छैटौँ कार्यसमितिको निर्वाचन देखि नै उनले अध्यक्ष पदमा दावि गर्दै अएका छन् । उक्त समय देखी विभिन्न साथीहरुलाई पालो दिदै आएको तर पछि सबैले धोका दिएको उनको गुनासो छ । सातौँ महाधिवेशनमा पनि प्रत्याशी रहेका गुरुङ यसपालि भने आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।

अहिले सम्म एनआरएनए कोरियाको नेतृत्वमा पुग्न धेरै साथीहरुलाई सहयोग गरिसकेको तर अब आफै नेतृत्व गरेर एनआरएनए कोरियालाई सबल र सबै नेपालीहरुको साझा संस्थाको रुपमा अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको भनाई छ गुरुङको । कोरियाको लामो बसाई र उक्त समयमा आफूले नेपाली समाजलाई गर्दै आएको योगदान नै आफ्नो जितको मुख्य आधार ठान्छन् उनी । “कोरियामा रहेका नेपालीहरुलाई थाहा छ कुन मान्छे नेतृत्वका लागि ठीक छ भन्ने कुरा । त्यसैले यसपाली मेरो जित हुन्छ भन्नेमा ढुक्क छु ।” गुरुङ दावी गर्छन् । “अनुभव र परिपक्कताको हिसावले पनि एनआरएनए कोरियाको नेतृत्व गर्न म सक्षम छु ।” उनी थप्छन् ।

आफ्नो नेतृत्वको दाबी गर्दै गर्दा विगतका नेतृत्वहरुले गरेका कामहरुलाई भने सम्मान गर्छन उनी । समय र परिस्थिति अनुसार आवश्यक्ता पनि परिवर्तन हुदै जाने भएकाले त्यही अनुसारको नयाँ र परिमार्जित कार्ययोजना बनाएर एनआरएनए कोरियालाई अगाडि बढाउने आफ्नो योजना रहेको बताए ।

अरु उमेदवारीहरुको जस्तै उनको पनि धेरै प्रतिवद्धताहरु छन् । यहाँ रहेका नेपालीहरुको समस्यालाई मध्यनजर गरेर सार्वजनिक बिदामा राजदुतावास खोल्नको लागि पहल गर्ने देखी कोरियामा नै स्थाई बसोबास गरिरहेका नेपालीहरुको सन्तानलाई नेपाली भाषा मैत्री विद्यालय स्थापना गर्ने सम्मको योजना छ ।

भाषागत समस्या, कानुनी परामर्श एवं नेपाली श्रमिकसँग सम्बन्धित समस्याहरूको समाधानको लागि अनलाईन हेल्पडेस्कको स्थापना गर्ने । कोरियामा बेला बखतमा हुने गरेको नियम/कानुन परिवर्तनका बारेमा नेपालीमा नै यथाशिघ्र जानकारी गराउने लगायत मजदुर, विद्यार्थी र अन्य विभिन्न भिषामा यहाँ रहेका नेपालीहरुलाई आइपर्ने समस्याहरुलाई समाधान गर्ने वातावरण बनाउन आफूले पहल कदमी लिने प्रतिबद्धता गरेका छन् गुरुङले ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...