जारी चलचित्र सउलमा पुन: प्रदर्शन हुने
ब्लकबस्टर नेपाली चलचित्र जारी शौलमा पुन प्रदर्शन हुने भएको छ। दोङ्देमून 서울 종로구 지봉로 5 길 7-5 स्थित 종로구민 회관 को हलमा जुलाई २३ तारिख आइतवार दिउँसो १ बजे प्रदर्शन हुने तय भएको इ – कोरिया इन्टरटेनमेन्टका संयोजक सुरेशसिङ्ह सम्बाहाम्फेले जानकारी गराएका छन्।
यस अघि पनि सौलमा प्रदर्शन गरिएको यस चलचित्र प्राविधिक खराबीले गर्दा शोमा समस्या आएको थियो।
लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वारा लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।