एनआरएन कोरियाको नयाँ कार्यसमितिकोे सपथग्रहण सम्पन्न


गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका नयाँ कार्यसमितिले सपथग्रहण गरेका छन् । शनिवार भएको सपथग्रहणसँगै नयाँ कार्यसमितिले पदभार पनि ग्रहण गरेका छन् ।
जुलाई ३१ मा भएको निर्वाचनमा अध्यक्ष बुद्धि गुरुङ निर्वाचित भएका थिए भने बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान चुनिएका थिए । उपाध्यक्षमा तारा पुन, हरि प्रसाद भट्टराई, सुनिल कान्दाङ्वा, आरती ह्याल्मो रहेका छन् । त्यस्तै महासचिवमा केशव थापा, सचिवमा पुर्णराम बुढा र कमल भन्डारी रहेका छन् । कोषाध्यक्षमा भक्त गुरुङ छन् भने सहकोषाध्यक्षमा विष्णु बुढाथोकी रहेका छन् ।

यसै गरी युवा संयोजक युविन श्रेष्ठ‚ महिला संयोजक नीला राई निर्वाचित भएका छन् । सदस्यहरुमा सपना अधिकारी‚ विन्दु शाह‚ विष्णु बहादुर रकल‚ विष्णु रेग्मी ‘रुविन’‚ मङ्गलप्रसाद योङहाङ‚ गंगाराजन मगर र सुधान जुहारचन निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिमा २० जना पदाधिकारीहरुमा महिलाहरुको उल्लेखनिय सहभागिता रहेको छ । बरिष्ठ उपाध्यक्ष सहित ८ जना पदाधिकारी महिलाहरु रहेका छन् ।
कार्यसमितिको सबै पदाधिकारी मतदान मार्फत चुनिएर आएका छन् । गत हप्ता भएको निर्वाचनमा समय अभावका कारण निर्वाचित पदाधिकारीलाई शपथ खुवाएको थिएन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...