२९ औँ विश्व आदिवासी दिवस कोरियाको जेजु प्रन्तमा मनाईँदै
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया जेजु प्रान्तको आयोजनामा २९ औँ विश्व आदिवासी दिवस मनाइने भएको छ। जेजु प्रान्तको 제주특별자치도 명신 1길11 (KCTU) हलमा अगस्ट १३ तारिख आइतवार दिउँसो १२ बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको सह आयोजकमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा, नेपाल तामाङ घेदुङ जेजुदो शाखा र तमुधी जेजुदो शाखा रहेका छन्।
कार्यक्रमक आकर्षणको रुपमा विभिन्न जातीय मौलिक परिकार, विभिन्न जातीय भेषभूषा सहित मौलिक सांस्कृतिक झाँकी प्रदर्शन र स्थानीय कलाकार हरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने छ
यस कार्यक्रममा कोशी नाम खारेजी र प्रदेश १ को पुन: नामाकरणको निम्ती बृहत र्याली प्रदर्शन हुनेपनि चुम्लुङ अध्यक्ष नवीन थोक्लेन लिम्बूले जानकारी गराएका छन्।
यसैगरि कार्यक्रमको अन्त्यमा आदिवासी जनजाति महासंघ दक्षिण कोरिया जेजु प्रान्तको अधिवेशन पनि हुने भएको छ।