आज 광복절 अर्थात कोरियाको ७८ औँ राष्ट्रिय स्वतन्त्रता दिवस


आज ग्वाङ्बोकजल(광복절) अर्थात कोरियको स्वतन्त्रता दिवस हो । जापानी साम्राज्यबाट कोरियाली प्रायद्वीप स्वतन्त्र  भएको दिनको सम्झना गर्दै दुबै कोरिया(उत्तर कोरियाले पनि) ले ग्वाङ्बोकजल मनाउने गर्दछन् । दोश्रो विश्व युद्धको अन्त्य सँगै सन् १९४५ को अगष्ट १५ बाट जापानी औपनिवेशिक शासनबाट कोरियन प्रायदिप मुक्त भएको थियो । यसै दिनलाई कोरियामा राष्ट्रिय सतन्त्रता दिवसको रुपमा मनाउने गरेको छ ।

दक्षिण कोरियले सन् १९४९ अक्टोवार १ मा यस दिनलाई राष्ट्रिय पर्व स्वीकार्दै सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

सन् १९१० देखी १९४५ सम्म कारियाली प्रायद्धीप जापानको साम्राज्य अन्तर्गत थियो । कोरियाको इतिहासलाई अध्ययन गर्ने हो भने यसको सुरुवात सन् १८७६ मै भएको पाईन्छ । उक्त समयमा भएको जापान–कोरिया सन्धिले जापानी साम्राज्यलाई कोरियाली प्रायद्धीपमा प्रभाव जमाउन ठाउँ दिएको देखिन्छ ।

सन् १८६८ अक्टोबर २३ बाट त जापानी साम्राज्यको पहिलो युगको सुरु नै भएको थियो । जुन सन् १९१२ जुलाई ३० सम्म लाई मानेको छ । यसलाई मेइजी युग पनि भन्ने गरिन्छ ।

सन् १९०५ मा भएको सन्धिले कोरिया जापानको संरक्षित राज्य बन्यो । जापानले कोरियामा जापानी रेजिडेन्ट–जनरल मार्फत अप्रत्यक्ष रुपमा शासन गर्न थाले । सन् १९१० मा फेरि अर्को सन्धि गर्दै औपचारिक रुपमा कोरियालाई जापानको साम्राज्यको रुपमा घोषणा गरियो । साथै कोरियालाई जापानले आफ्नो छुट्टैनाम चोसेन रहने घोषण गरे । यसरी जापानी साम्राज्यले ३५ बर्षसम्मा कोरियाली जनतालाई चरम दमन र शोषण गरेका थिए ।

दोस्रो विश्वयुद्धमा जापानले सन् १९४५ अगस्ट १५ का दिन आत्पसमर्पण गरेका थिए । त्यस पछि मात्र कोरियले जापानी साम्राज्यबाट स्वतन्त्र पाए । स्वतन्त्रपछि कोरियामा दुई सरकार भन्यो । दक्षिण क्षेत्रमा संयुक्त राज्य अमेरिकाको समर्थनमा एउटा सरकार र उत्तरमा सोभियन संघको समर्थनमा अर्को सरकार गठन भयो । दुवै सरकारले आफुलाई आधिकारिक भएको दावी गरे । यसले फेरि सन् १९५० देखि १९५३ सम्मको ३ बर्षे युद्ध निम्त्याइयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...