Advertisement
SKIP THIS

अगष्ट २७ मा राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन हुने


“हामी जहाँ भएपनि एउटै विशेषता, विशुद्ध सामाजिक कामको लागी राप्ती समाजको एकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन यही अगष्ट २७ मा सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा हुने भएको छ ।

दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध राप्तीबासी तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको राप्ती समाजको पाँचौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष ओमलाल ओलीले जानकारी दिए ।

कोरियामा रहँदा भैपरी आउने विभिन्न समस्याहरुको समाधान गर्न तत्पर र कोरियाली भूमिमा नेपालको प्राकृतिक सम्पदा, कला, संस्कृतिको जगेर्ना गर्दै सामाजिक सेवामा योगदान दिईरहेको सन् २००६ मा स्थापित राप्ती समाजले दिनको १२ बजेदेखि शुरु हुने गरी सो अधिवेशनको तयारीमा जुटेको संस्थाका महासचिव अमृत के.सी.ले स्पष्ट पारे ।

उक्त छैठौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई आयोजक राप्ती समाजले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२३ अगष्ट २७, आइतबार
समय : दिनको ठिक १२:०० बजे
स्थान : निक नेपाल ट्राभल्सको सभाहल,सउल दोङ्देमुन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...