Advertisement
SKIP THIS

तामाङ पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न, अध्यक्षमा सरिता लामा


पर्यटन क्षेत्रमा सक्रिय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको दोस्रो अधिवेशन तथा साधारणसभाको दोश्रो सत्रबाट सरिता लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

कार्यक्रम चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको आतिथ्यतामा सम्पन्न भएको हो । टान, एन एम ए लगायत धेरै पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिसमेत रहेको सो कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०/०८१ को लागि आठबुँदे कार्ययोजनासमेत पारित गरेको छ ।

उक्त कार्यक्रममा ३ नेपाली र १ बिदेशी नागरिक सहित ४ जना फरकरक ब्यक्तित्त्वहरुलाई सम्मान समेत गरिएको थियो । साहसीक पर्यटन विधामा सन्डुक दोर्जी तामाङ र समाजसेवा विधामा डा. दिल ब. थोकरलाई सम्मानित गरेको थियो । त्यसतै मौलिक खाले बिजनेस अन्तर्गत तामाङ कुदाप धिम र पुस्तक लेखन तथा अन्य बिबिध माध्यमबाट नेपालको पर्यटन प्रबर्द्धनमा बिशिष्ठ योगदान पुर्याएकोमा स्पेनका नागरिक Enric Alcayde Carbonell लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमको दोस्रो शत्रबाट आगामी दुईबर्षका लागि संस्थाको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित कार्यसमितीमा वारीष्ठ उपाध्यक्ष दोर्जे तामाङ र उपाध्यक्षमा ऋतु ग्यामदान रहेका छन् । महासचिवमा नरध्वज तामाङ (क्षितिज), सचिवमा बिजय तामाङ, कोषाध्यक्षमा कुमार लामा र सह-कोषाध्यक्षमा बिश्वराज तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा, रबि लामा, हिमाल तामाङ, प्रकाश लामा, अमृत थोकर, शान्ती तामाङ, पुष्कर तामाङ, टीका ब. तामाङ, दावा तामाङ, प्रदिप कुमार तामाङ र पासाङ धुन्दुप तामाङ रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...