विगतका सम्झौता उल्टाए मुलुकमा द्धन्द – उपेन्द्र
प्रेम देवान
विराटनगर- संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमती सम्झौतालाई उल्टाएर संविधान जारी गरेमा मुलुकमा अर्को राजनितिक द्धन्द हुन सक्ने बताएका छन् ।
सयुक्त मधेशी मोर्चाले विराटनगरमा आज गरेको विरोधसभालाइ सम्वोधन गर्दै अध्यक्ष यादवले, १६ वुदें सहमती केवल सत्ताप्राप्तिका लागी भएकाले त्यसलाइ टेकेर आएको मस्यौदा स्वीकार्य नहुने बताए ।
कार्यक्रममा वोल्दै सद्भावनापार्टीका अध्यक्ष राजेन्द्र महत्तोले अन्तरिम संविधानको भावना विपरित संविधानको मस्यौदा आएको आरोप लगाए ।
अध्यक्ष महतोले मधेशी, आदीवासी, जनजाती मुसलिम , महिला तथा सवैवर्गको अधिकार सुनिश्चित गर्न विगतमा भएको सहमती सम्झौताको भावना अनुरुप संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमा संघिय समाजवादी फोरमका उपाध्यक्ष रकम चेमजोङ्ग, तराइ मधेश लोकतान्त्रीक पार्टीका उपाध्यक्ष विर्खेस चन्द्र लाल लगायतका नेताले जनतालाइ अधिकार सम्पन्न हुनेगरी संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए ।