Advertisement
SKIP THIS

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट


नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले वेबसाइटमार्फत यो फिल्म ‘विन्डो अफ एसिया’ विधामा छानिएको उल्लेख गरेको छ ।

नेपाली समयानुसार बिहीबार राति क्यानडाको टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुने तयारीमा रहेको यो फिल्मले अर्को उपलब्धि हासिल गरेको हो । 

सुब्बा निर्देशित ‘गुडबाई काठमाण्डु’ पनि सन् २०१७ मा बुसानमा प्रिमियर भएको थियो ।

बुसानले फिल्मको प्रदर्शन मिति भने उल्लेख गरेको छैन । यद्यपि, सातदेखि १३ अक्टोबरभित्र फिल्मको एसिया प्रिमियर हुने जनाएको छ । बुसानमा कलाकार, निर्माता र निर्देशक सबै जना उपस्थित हुने तयारी रहेको बताएको छ ।

टेलिश्रृंखला ‘दलन’ र फिल्म ‘गुडबाई काठमाण्डु’ पछि यो उनको कमब्याक फिल्म हो । फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, पर्सन राई, खनुमा राई, केशव राई, प्रमिशा राईलगायतको अभिनय छ । फिल्मलाई भोजपुरसँगै धरान, संखुवासभामा छायांकन गरिएको हो ।

एसियन सिनेमा अन्तर्गत नै नेपाल र भारतको संयुक्त निर्माणमा बनेको ‘गुराँस’ र एसियन लघु फिल्मतर्फ ‘साक्षी रुख’ छनोटमा परेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...