पर्वत समाजको अध्यक्षमा दिपक केसी निर्वाचित
पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । आईतवार सौल स्थित नेपाल थाई रेष्टुरेन्टमा भएको अधिवेशनबाट दीपक केसी अध्यक्षमा निर्वाचित भएको हो ।
केसीको नेतृत्वमा सर्वसम्मतिले २१ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिमल खत्री तथा उपाध्यक्षहरुमा जीबन पौडेल र सरोज गुरूङ रहेका छन् । महिला उपाध्यक्षमा सृजना तिवार महासचिवमा कमला के सी, सचिवम आशिष गुरूङ र मनोज भुषाल रहेका छन् । त्यस्तै कोषाध्यक्ष मेघनाथ पौडेल र सह कोषाध्यक्ष मिलन पुर्जा रहेका छन् । सदस्यहरुमा, बिमल क्षेत्री, कमल भुषाल, प्रकाश बिक, अनिल पौडेल, जीबन पुरी, सुगम भुवाजी, दिपक पौडेल, बिपना अधिकारी, कल्पना गौतम, हरि बिबश लामिछाने र सरोज कार्की रहेका छन् ।
सन् २००८ सालमा पर्वत समाजको स्थापना भएको हो । कोरियामा रहेका नेपालीहरुको उद्दार तथा जन कल्याणमा सक्रिय भुमिका खेल्दै आएको छ ।