कोरियामा आत्महत्या नौ प्रतिशतले बढ्यो
दक्षिण कोरियामा आत्माहत्य गरेर मृत्यु हुनेको संख्या करिब नौ प्रतिशतले बढेको छ । स्थानीय आत्महत्या रोकथाम एजेन्सीका अनुसार वर्षको पहिलो आधामा वार्षिक रूपमा नौ प्रतिशतले बढेको हो ।
आईतवार सार्वजनिक तथ्याङ्क अनुसार अल्पसंख्यक मानिसहरूले महामारीबाट सामान्य अवस्थामा फर्कने प्रयासमा बढी कष्ट भोगिरहेको कारणले यस्तो अवस्था सृजना भएको हो ।
कोरियामा जनवरी र जुन बीचमा कुल ६,९३६ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ६,३७५ आत्महत्या भएको थियो । गत वर्षको तुलनामा यो ८.८ प्रतिशतले बढी हो ।
मुख्यतया कोभिड-१९ महामारी पछि आर्थिक कठिनाइका कारणले आत्महत्याको दर बढेको कोरिया फाउन्डेसन फर सुसाइड प्रिभेन्सन (KFSP) ले जनाएको छ । ‘आर्थिक कठिनाइ र अन्य कारणले अभूतपूर्व महामारीपछि देशमा आत्महत्याको दर बढ्ने रिपोर्ट आएको छ ।’ सर्वजानिक रिपोर्टमा उल्लेख गरिएको छ ।
तथ्याङ्कले ५४ प्रतिशत ४०, ५० र ६० बर्ष सम्मका
व्यक्तिहरूले आत्महत्य गरेको देखाएको छ ।
आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को ३४ वटा सर्वेक्षण गरिएका सदस्य राष्ट्रहरू मध्ये कोरियामा सबैभन्दा धेरै आत्महत्या दर छ । कोरिया सन् २००३ देखि शीर्ष स्थानमा रहदै आएको छ ।
(समाचार एजेन्सी योनहाप बाट)