नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
नेपाल गोरखा परिवार दक्षिण कोरिया को १२ औं अधिवेशनबाट अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भएको छ । अधिवेशन सौल स्थित दोङदेमुनमा रहेको निक नेपाल ट्राभलस्को सभाहलमा आइतवार भएको हो ।
निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष देवी गौतम रहेको छ । उपाध्यक्षहरुमा अनिल भट्टराई र मिलन श्रेष्ठ तथा महिला उपाध्यक्षमा मिता गुरुङ रहेका छन् । त्यसैगरी महासचिवमा अशोक खड्का, सचिवहरुमा राजन बोहोरा र सुवास बगाले छन् ।
कोषाध्यक्षमा भोजराज खनाल, सह-कोषाध्यक्षमा सहदेव वानियाँ, विध्यार्थी संयोजकमा तारानाथ लामिछाने, महिला संयोजमा कुसुम देवकोटा रहेका छन् । सदस्यहरुमा कृष्ण कुमार श्रेष्ठ, कमल कोईराला, पिताम्बर पाण्डे, राजकुमार गुरुङ र मुन राना छन् ।
सन् २००२ मा स्थापना भएको गोरखा परिवारले स्थापना देखिनै नेपाल तथा कोरियामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।