नेफिन बुसानको अधिवेशन अक्टोबर ०८ मा हुने, तयारी पुरा
नेपाल आदिवासी जनजाती महासंघ(नेफिन)बुसान शाखाको अधिवेशन यही अक्टोबर ०८ तारिक आईतवार हुने भएको छ । बुसानको होगेरो स्थित एक सभाहलमा चौथो अधिवेशन हुने नेफिन बुसानले जनाएको हो ।
अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुने छ । यसको लागि सम्पूर्ण तयारी पुरा भाईसकेको शाखाकी अध्यक्ष पारी गुरुङले बताएकी छिन् । त्यसैले कोरियामा रहेका सम्पूर्णलाई उपस्थितिको लागि अध्यक्ष गुरुङ्ले अनुरोध गरेकी छिन् । “यस चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चहान्छु ।”
अधिवेशन कार्यक्रमको सह-आयोजकहरुमा नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखा, तमू धी किम्हे बुसान शाखा, तामाङ घेदुङ ख्याङ्साङ् बुसान शाखा, किरात राई यायोख्खा बुसान शाखा, किरात याक्थुम चुम्लुङ बुसान शाखा लगायत जातिय संस्थाहरु रहेका छन् ।
मौलिक भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै आत्मसम्मान, सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध भएर “विश्वका आदिवासीहरु एक हौं” भन्ने मूल नाराका साथ स्थापना भएको नेफिन कोरियाको पहिलो शाखाको रुपमा सन् २०१७ मा बुसान शाखाको स्थापना भएको हो । स्थापना देखी नै विविन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रम विवरण
मिति : २०२३ अक्टोबर ०८ तारिक, आइतबार
समय : बिहान ठिक १२:०० बजे
स्थान : 경남 김해시 호게로503동상동, 6층