सेकेन्ड ह्यान्ड मन
‘सेकेन्ड ह्यान्ड मन’
विक्रिमा छ
किन्छौ ?
खोपारेको, चिथोरेको
पटक पटक प्रयोग फेरी प्रयोग
भएको एउटा मन छ ।
भर्जिन मन भन्दा
अनुभवि
कयौं सिरेटोले हिर्काएर
धेरै पटक तुसारोले खाएको
पट पट फुटेको
भित्र आलै छ रगत
जिउँदै छ भावना
किन्छौं ?
सस्तैमा दिन्छु
कसम
कसम सस्तैमा दिन्छु
धेरै पटकको बर्षाले नविगारेको
हुरीले नउडाएको
गाली खाएर खुम्चिने
ताली खाएर नगम्किने
एउटा मन छ
किन्छौ ?
सबै दुरुस्तै चल्छ
दुःखी हुँदा पनि
खुशी हुँदा पनि
ठ्याक्कै नयाँ जस्तै छ
किन्छौ ?