तमू धी कोरियाले स्नुकर प्रतियोगिता गर्ने, पहिलो पुरस्कार करिब दुई लाख नेपाली
तमू धी दक्षिण कोरियाले “बिलियर्ड स्नुकर प्रतियोगिता” गर्ने भएको छ । आगामी नोभेम्बर ११ र १२ तारिखमा हुने यस प्रतियोगिताको पहिलो पुरस्कार बिस लाख वन अर्थात करिब नेपाली दुई लाख बरावर रहेको छ । प्रतियोगिता सौल दोङ्देमुन स्थित दर्शन नमस्ते स्नुकर हाउसमा हुने छ ।
“शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ स्नुकर प्रतियोगिताको आयोजना गर्न लागेको तमू धी कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएको हो । “स्वस्थ, स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा भ्रातृत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले स्नुकर प्रतियोगिता गर्न लागेको हो ।” अध्यक्ष गुरुङले भनिन् ।
तमू धी दक्षिण कोरियाको मुख्य आयोजना तथा शाखा संस्थाहरुको सह आयोजना तथा तमू धीं दक्षिण कोरियाको खेलकुद विभाग संयोजक कृष्ण गुरुङ(ब्रो तमू)को संयोजकत्वमा “बिलियर्ड स्नुकर प्रतियोगिता” आयोजना हुन लगेको जनाएको छ ।
प्रतियोगिताको दोश्रो पुरस्कार दश लाख वोन रहेको छ । विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रले पनि सम्मन गरिने छ । साथै उत्कृष्ट खेलाडीले दुई लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको प्रवेश शुल्क एक लाख वोन राखिएको छ ।
प्रतियोगिता को विवरण
मिति:- २०२३ नोभेम्बर ११/१२ तारिखमा
स्थान:- दर्शन नमस्ते स्नुकर हाउस, दोङ्देमुन
समय: बेलुका ८ बजे पछि।