दक्षिण कोरियाको मल्टिप्लेक्स हलमा दयाहाङ राईको फिल्म “दिमाख खराब ” प्रदर्शन हुँदै
कोरियाको राजधानी सिओल को दोङ्देमुन स्थित मल्टिप्लेक्स हलमा नोभेम्बेर १९ मा दयाहाङ राई अभिनित चलचित्र “ दिमाख खराब” प्रदर्शन हुने भएको छ ।
लुट जस्तो सफल चलचित्र निर्देशन गरेको निश्चल बस्नेतले पुन चर्चित कलाकारहरुको साथमा निर्देशन गरेको चलचित्र दिमाख खराबले पनि त्यही लयलाई समात्ने अपेक्षा गरिएको छ । यस चलचित्रमा पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका रहेको छ ।
सोलुखुम्बु जिल्ला भित्रको दुर्गम क्षेत्रको विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गर्ने उदेश्यका साथ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले उक्त फिल्म प्रदर्शन गर्न लागेको हो । सबै नेपालीहरुलाई पायक पर्ने स्थान दोङ्देमुनको नजिकै ट्रेन लाईन न:-१ को 13,14 बाट निस्कम्ने अथवा २,४,५ वाट समेत आउन सकिने छ । दोङदेमुन बाट हिँडेर ५ मिनेट (DOOTA Mall को पछाडी) कोरियाको सुबिधा युक्त मल्टिप्लेक्स हल (MEGA BOX HD मा) प्रदर्शन गर्ने तयारी गरिएको आयोजक ले जनाएको छ ।
नेपाली चलचित्रलाई माया गर्ने दर्शकदीर्घहरुलाई नेपालीहरुको माहन पर्व शुभ दिपावलिको अवसरमा बहुप्रतिक्षित फिल्म “दिमाख खराब ” हेर्न सम्पूर्णलाई फिल्म हेरेर मनोरञ्जनका साथै सामाजिक अभियानमा जोडिन सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको तर्फ बाट अध्यक्ष राजु राईले कोरिया वासी सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ।
सउल शोको बारेमा : EXIT 13,14 गेट (चलचित्र हेर्न जाने ठाउँ जाने तरिका : ट्रेन लाईन २,४,५ को अथवा ट्रेन १, ४ को) [बाट हिँडेर ५ मिनेट (DOOTA Mall को पछाडी)