Advertisement
SKIP THIS

विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने


मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको जानकारी एम्टियुले आफ्नो वेबसाईटसमा राखिएको छ ।  

सबै भिषा(E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) मा कार्यरत प्रवासी श्रमिकहरुको पक्षमा विभिnna मागहरु एम्टियुले अगाडि सारेको छ । कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउनु पर्ने, उचित आवासको ब्याबस्था गर्नु पर्ने, इपिएसलाई कार्य अनुमति प्रणालीमा रुपान्तर गर्नु पर्ने, तोकिएको क्षेत्र भन्दा अन्य क्षेत्रमा कम्पनी परिबर्तन गरि काम गर्न नपाउने गरी बनाएको निर्देशिका खारेज गर्नु पर्ने जस्ता मागहरु रहेका छन् । 

त्यस्तै ५ बर्ष भन्दा बढी लगातार काम गर्न पाउने व्यवस्था गर्नु पर्ने, कृषि क्षेत्रको श्रमिकलाई बिदा लगायत सुबिधा नदिने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने,  ३ बर्ष पछिको बोनस भिषा मालिकको बिना अनुमति श्रमिकले लगाउन पाउनु पर्ने, बिना भिषाको प्रवासी श्रमिकलाई धरपकड बन्द गरि भिषा दिनु पर्ने, ईपिएसमा काम गर्न पाउने उमेरको हद (४०) हटाउनु पर्ने, थेजिक्गुम कम्पनी छोडेको १४ दिन भित्र कोरियामै दिनु पर्ने, खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने, औधोगिक दुर्घटना रोकी श्रमिकको ज्यानको रक्षा गर्न कडा कानुन लागु गर्नु पर्ने, सबै मजदुरको अधिकार सुनिस्चित गर्नु पर्ने लगायतको माग एमटियुले राख्दै आएको छ । 

त्यसैले सबै प्रवासी मजुरहरु सहभागी हुन एमटियुले अनुरोध गरेको छ । 

 

मिति र समय

२०२३ नोभेम्बर ११  तारिक सनिबार  दिनको १२.३० बजे

स्थान : सउल श्रम बिभाग कार्यलय अगाडी  (ट्रेन  लाईन २ 울지로 3가 역 1번출구 )  

सम्पर्क : 

उदय बाहादुर राई ०१०५६७५२०११

शिब संकर महतो ०१०-२१५६-७०८५

लालु सिंजाली ०१० -३८५७-८११०

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    preload imagepreload image