‘नीरफूल’का निर्देशक बल सम्मानित
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले कोरिया र आदिवासी जनजाति लेखक/ साहित्यकार महासंघ दक्षिण कोरियाले पत्रकार तथा साहित्यकार फूलमान बललाई सम्मान गरेको छ ।
शनिबार बेलुकी थेजनमा भएको कार्यक्रममा चलचित्र निर्देशक समेत रहेका बलले कोरियामा रहेका नेपालीले सम्झदा खुसी लागेको बताए ।
नेपाल टेलिभजनका महाप्रबन्धक बलले निर्देशन गरेको चलचित्र नीरफूल पनि प्रदशन गरिएको थियो । कार्यक्रममा थेजन क्षेत्रमा रहेका नेपालीले चलचित्र हेरेका थिए । दुई घण्टा लामो चलचित्रमा तामाङ समुदायले भाषाका कारण भूकम्पको समयमा भोग्नु परेको समस्यालाई देखाइएको छ ।
बलले नेपाली चलचित्रमा जनजीवनका विषय भन्दा पनि हल्का विषयलाई हाँसोको रूपमा देखाइने गरेको बताए । हाम्रा गम्भीर विषय धेरै छन् । त्यस्ता विषय अझै चलचित्रमा आउन सकेका छैनन् । नीरफूल त्यस्तै एउटा प्रयास भएको बताए ।