फिल्म प्रदर्शन गरेर कोरियाबाट राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडितलाई अर्थिक सहयोग
एनफ नेकोई द्वारा राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडित लाई सहयोग वितरण गरेको छ । नमस्ते(फ्यफुल्ला )नेपाल -कोरिया इन्टरटेनमेन्ट द्वारा दक्षिण कोरियामा नेपाली चलचित्र राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडित लाई सहयोग गरेको हो । जाजरकोट – रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्र द्धारा हाल मर्मत गरिरहेको विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ “पशुपति प्रसाद-२ भष्मे डन” गत नोभेम्बर १२ तारिखमा सुवन सहरमा च्यारिटी शो चलाएको थियो।
एनफ नेकोईले जाजरकोट – रुकुम भूकम्प पिडितलाई करिव २० हजार नेपाली र राष्ट्रिय अविष्कार केन्द्र (महाविर पुन) द्धारा हाल मर्मत गरिरहेको नेपालकै गौरव बोकेको विरगन्ज कृषि औजार कारखानाको सुधारका लागि करिव ८०हजार नेपाली रुपैया वितरण गरेको हो ।
नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टको प्रस्तुतिमा दक्षिण कोरियाको प्रसिद्ध शहर “सुवन”अवस्थित “नामुनछम”को ठुलो मुभि मेघा थेर्टर “MEGA BOX” मा च्यारिटी शो गरेका थिए। उपस्थित भएर यस विशुद्ध समाजिक अभियानमा हातेमालो गरि सहयोग गरिदिनु हुने सम्पुर्ण कोरियाबासी नेपालीलाई आयोजकले धन्यवाद तथा हार्दिक आभार पनि व्यक्त गरेका छन् ।
पशुपति प्रसाद -2 “भस्मे डन” ले कोरियामा अहिले सम्मकै धेरै शोहरु गर्न सफल भई इतिहास रच्न सफल भएको वितरक पक्षले जनाएको छ ,कोरियाको लागी आधिकारिक वितरक नमस्ते (फ्याफुल्ला ) कोरिया – नेपाल इन्टरटेनमेन्टले कोरियाको लागि ऑफिशियल राइट्स लिएका थिए।
नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टले आगमी दिन हरुमा बर्षमा २ देखि ३ वटा उत्कृष्ट ब्रान्डका फिल्म मात्र कोरियामा रहेका नेपाली दर्शक माझ ल्याउने र दर्शकले रुचाएका कलाकारहरु ल्याएर राम्रो राम्रो इभेन्टहरु पनि गर्ने योजना रहेको नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्ट का संयोजक धनजित वाइबाले बताएका छन्।