महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ नाइट डान्स पार्टी
महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ नाइट डान्स पार्टी हुने भएको छ । ख्यङ्बु गाइजले आउँदो डिसेम्बर ३१ मा कोरियाको बुसान किम्हेमा “नाइट डान्स पार्टी २०२४” आयोजना गर्न लागेको हो ।
बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा महिला सेल्टर “नाना आङा धिम” सांचालन गर्दै आएको छ । यसैलाई सहयोग गर्ने उद्देश्यले नाइट डान्स पार्टी आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाका अध्यक्ष सोम योञ्जनले बताएका हुन् ।
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र र नमस्ते (फ्यफुल्ला )नेपाल – कोरिया इन्टरटेनमेन्ट दक्षिण कोरियाको सहयोगमा 김해시 거야로 202(태평포시즌 101 호 हलमा हुने जनाएको छ । डिजे सुशान्त र डिजे SBD को साथमा डान्स पार्टी हुने बताएको छ । पार्टीमा प्रवेश शुल्क बिस हजार वन र संगै एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाइनेछ । बुसान र बुसान बहिरा रहनुहुने सम्पूर्ण कोरिया वासी नेपालीहरुमा मनोरञ्जन संगै समाजिक कार्यमा हातेमालो गरिदिन समेत आयोजक ले आग्रह गरेको छ । पार्टी बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म हुनेछ ।