पहिलो आदिवासी राष्ट्रपति


सन् २००६ जनवरी २२ मा बोलिभियाले पहिलो आदिवासी राष्ट्रपति पाएको थियो । २००५ मा भएको चुनावमा विजयी वामपन्थी नेता इभो मोरालेसले २००६ को जनवरी २२ देखि बोलिभियाको शासनसत्ता सम्हालेका हुन् ।

गरिबी अन्त्य गर्ने र बहुराष्ट्रिय कम्पनीहरूको प्रभाव रोक्ने प्रमुख चुनावी एजेन्डा अघि सारेका मोरालेस ५४ प्रतिशत मतसहित निर्वाचित भएका थिए । १९५९ को अक्टोबर २६ मा जन्मिएका मोरालेस १९८६ मा राजनीतिमा प्रवेश गरेका थिए । उनी २००६ देखि २०१९ सम्म बोलिभियाका राष्ट्रपति थिए ।

राजनीतिमा प्रवेश गर्नुअघि उनी कोका कृषक थिए । आफ्नो शासनकालमा गरिबीविरुद्ध विभिन्न कार्यक्रम ल्याएका गरेका मोरालेसले बोलिभियाको अर्थतन्त्रमा उल्लेखनीय सुधार गरेका थिए । जसका कारण उनी गरिब र आदिवासीमाझ लोकप्रिय थिए । तर राष्ट्रपतिको कार्यकाल दुई पटकमा सीमित रहेको व्यवस्था हटाउने प्रयासका कारण उनी विवादमा फसेका थिए ।

२०१६ मा भएको जनमतसंग्रहमा बहुमत जनताले कार्यकालको सीमा हटाउने प्रस्तावको विपक्षमा मत दिएका थिए । त्यसपछि संवैधानिक अदालतमार्फत राष्ट्रपतीय कार्यकालको सीमा हटाउने निर्णय गराउन सफल मोरालेस चौथो कार्यकालका लागि निर्वाचित भए । तर चुनावमा अनियमितता भएको दाबी गर्दै विपक्षी दलहरूले प्रदर्शन चर्काएका थिए । त्यसका साथै, सेना र प्रहरी प्रमुखले पनि राजीनामा दिन आह्वान गरेपछि उनी पद छाड्न बाध्य भएका थिए ।

कान्तिपुर अनलाईनबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • खोम गुरुङको शब्दमा पूर्वेली भाका “शितल छायाँमा” को भिडियो सार्वजनिक
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...