उर्गेन दोङको साथमा जेजुदोमा सोनाम ल्होछार
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले नेपालबाट आउने चर्चित कलाकार उर्गेन दोङ लगायतको साथमा २८६० डुक ल्हो सोनाम ल्होछार मनाउने भएको छ ।
कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भाईसकेको जनाएको छ ।
गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रै स्थानिय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । बिहान ११ बजे देखि साँझ ७ बजे सम्म हुने उक्त ल्होछार साँस्कृतिक कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरु संगै अन्य खानेकुराहरुको पनि ब्यवस्था रहने जनाएको छ ।