कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।


शकुन आँसुको एकल सृजना वाचन कार्यक्रम सम्पन्न भएको छ। फेब्रुअरी ९ मा सम्पन्न कार्यक्रममा कवि आँसुले आफ्ना एक दर्जन बढि कविता र आधा दर्जन गजलहरु सुनाएर दोङ्देमून शहरलाई साहित्यमय बनाएकि थिइन्। निकै नम्र स्वभाव र मलिन आवाज रहेकी कविको सृजना वाचनले माहोल मन्त्रमुग्ध भएको थियो।

आफ्ना जीवनका किस्साहरु , कविता गीत गजल लेखन , प्रतियोगितामा सहभागिता आदि विगत सम्झदैँ कविता वाचन गरेकी कविको सृजना सँगै दर्शक स्रोता लयात्मक बगेका थिए। कविता मार्फत कविले बेतिथी विरुद्ध कडा प्रहार गर्दै समाजलाई सचेतनामूलक शन्देश प्रवाह गरेकि थिइन्। भने केहि सृजनाहरुले पहिचानको शौन्दर्यलाई , महिला शशक्तिकरणलाई उजागरेको थियो र केहि भावनात्मक, केहि गुनासा, देश प्रेम, प्रवाशमा भोग्नुपरेको बिघ्नता साथै माया प्रेमका कोमल भावहरु अभिव्यक्त गरेका थिए।

विगत लामो समयदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएकी कवि आँसुले प्रवासमा रहेर पहिचान, पिछडाबर्ग , राज्यबाट दमित एवं सिमान्तकृत समुदायको अधिकार र समानताको निम्ति पनि शशक्त रुपमा आफूलाई प्रस्तुत गर्दै आइरएकी थिइन्। प्रवास बसाईलाई बिट मार्दै चाडै स्वदेश फर्किन लागेकि कविलाई इतर अभियान र उपस्थित लेखक साहित्यकाररुले विदाई तथा सम्मान पनि गरेको थियो।

आदिवासी सौन्दर्य पहिचानको आवाज भन्ने नाराका साथ इतर अभियानले आयोजना गरेको सृजना वाचन कार्यक्रममा एक एक ओटा कविता वाचन गरेर कवि मातृका नेम्बाङ र कवि दिपा मेवाहङले साथ थिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • विरामी उपचारार्थ संकलित रकम परिवारलाई हस्तान्तरण गरिने
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन
  • थारु कल्याणकारिणी सभा कोरियाले जनवरी २९ मा माघि पर्व मनाउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...