सौलमा सोनाम ल्होछार – फोटोफिचर
विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गरिएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर (H.W 컨벤션센터) मा कार्यक्रम भएको थियो ।
लामा गुरुहरुको पुजा कार्यक्रम बाट सुरु भएको ल्होछार कार्यक्रम औपचारिक हुँदै सांगीतिक तथा साँस्कृतिक कार्यक्रममा रुपान्तरण भएको थियो । कोरियामा रहेका तामाङहरु र गैर तामाङहरुको समेत उल्लेख्य सहभागिता भएको थियो ।
सहभागिहरु चर्चित गायक उर्गेन दोङको साथमा झुमेका थिए । दक्षिण कोरियालाई आफ्नो कर्मभूमी बनाइरहेका कलाकारहरुले पनि गायन तथा नृत्य प्रस्तुत गरेको थियो ।
हेर्नुस् फोटोमा ल्होछार कार्यक्रम –