कोरियामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ ।
तामाङ समुदायको सांस्कृतिक पर्व २८६०औं डुक/ मुपुख्री ल्हो सोनाम ल्होछार कोरियामा पनि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो ।
लामा गुरुहरुले सामुहिक पूजापाठ शुरूवात भएको कार्यक्रम औपाचारिक पश्चात सांस्कृतिक कार्यक्रममा रमाइलो गरेर मनाएका थिए ।
नेपाल तामाङ संघ दक्षिण कोरियाको अध्यक्ष राज कुमार स्याङतान तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नेपाली राजदुतबासका द्धितीय सचिव सूर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा एनआरएनए दक्षिण कोरिया, आदिवासी जनजाती महासंघ नेफिन कोरिया, एनसिसी दक्षिण कोरिया, बाग्मती प्रदेश सँगै विभिन्न जातीय संस्था र क्षेत्रीय संस्था प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
त्यसैगरी अनौपचारिक सांस्कृतिक कार्यकममा नेपालबाट आमन्त्रित चर्चित गायक उर्गेन दोङले बेजोड सांगीतिक प्रस्तुती दिएर सहभागीलाइ मनोरञ्जन दिलाएका थिए ।
साथमा कोरियामै आफ्नो कर्मभूमी बनाएका डोमा योञ्जन, अन्जु तामाङ, जुलिफा तामाङ, सपना स्याङतान, शर्मिता तामाङ, अन्जली तामाङ, सरस्वती लामा र पेम्बा तामाङले नृत्य प्रस्तुति दिएका थिए ।
त्यसपछि कोरियामै रहेका गायक DORZ जोजो, आशिस मोक्तान, रिचा ब्लोन र हस्त तामाङको गीतले सांस्कृतिक प्रस्तुति दिएका थिए ।