थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको चौथोँ अधिवेशन सम्पन्न भएको छ।। १० फेब्रुअरी मा सम्पन्न अधिबेसनबाट अमर थारूको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिती गठन गरिएको छ।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा बिपिन थारु, उपाध्यक्षमा राजु थारु र आरती थारु चयन गरिएको छ। यसैगरि सचिवमा विष्णु थारु, सह सचिवमा जीवन थारु, कोषाध्यक्षमा कृष्ण कुमारी थारु र सह कोषाध्यक्षमा श्रीजल नारायन थारुलाई जिम्मेवारी दिइएको छ। सदस्यहरुमा सुशील थारु , हरि थारु , हेम थारु, राजेश थारु, बाबा थारु, राजु प्रसाद थारु, अजय थारु र केन्दृय पार्षद (केन्दृय प्रतिनिधि) राजेश फनैत थारु रहेका छन्।
निवर्तमान अध्यक्ष शिव शंकर महतोको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विसन राईको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो।
दक्षिण कोरियामा सकृय संस्था थारु कल्याणकारिणी सभाले मौलिक चाड माघि पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरेको थियो। माघिमा थारु जातिको मौलिक परिकार एवम साँस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।