दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी शेर्पाको पोल्टामा
2024/2/11 दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ इन्टरटेन्मेन्ट ग्रुप ” द्वारा परदेश राईको संयोजकत्वमा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ !
कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय जुनियार प्रतियोगिता मा कोरया भरीका ४८ पुल खेलाडी हरुको सहभागिता रहेको थियो! पहिलो चरण बाट नै Best of five को आधारमा खेलाइएको उक्त खेल फाइनल खेल भने best of seven को आधारमा खेलाइएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको फाइनल खेलमा उप बिजेता अमृत गुरुङ माथी हावी हुँदै खङ्ग्याङ पुल क्ल्बका पासाङ नुरु शेर्पा ले उपाधी जित्न सफल पारेका थिए।
बिजेता र उप बिजेता ले क्रमशः 12 लाख वन र सात लाख वन साथै त्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए साथै २ जना सेमि फैनालिस्ट बिकास राई र तेज गुरुङ ले सन्त्वना पुरस्कार प्रप्त गरेका थिए।पुल खेल हाम्रो सान – भाइचारा बिकास हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सम्पन्न प्रतियोगिता अत्यन्तै सौहार्द्रपुर्न बाताबरण मा सम्पन्न भएको आयोजक कमिटी ले जानकारी दिएको छ। छुङ्नाम प्रान्त र क्षेत्र का नेपाली युवाहरुलाइ एकत्रित गर्दै पुल खेल साथै अन्य बिबिध खेलकुद , मनोरञ्जन र सामाजिक , सास्कृतिक अभियान र कार्यक्रम हरु अगाडी बढाउने र नेपाली हरुको बिचमा अझ सकारात्मक र रचनात्मक कार्यक्रम हरु गर्ने उदेश्य का साथ यो सस्था स्थापना भएको जनाइएको छ ।