आपत्कालीन राहतकोष सहयोगार्थ सौलमा ‘महाजात्रा’
आपतकालीन राहतकोष स्थापना सहयोगार्थ नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा यही मार्च २४ तारिख आईतवारका दिन सौलको दोङ्देमुन स्थित 종로 구민회관 मा चल्चित्रको प्रदर्शन हुन लागेको हो ।
दक्षिण कोरियामा रहाँदा भैपरी आउने आपतकालीन समस्याहरुमा सहयोग गर्न सकियोस भनेर ‘आपतकालीन राहतकोष’ स्थापनार्थ यस चलचित्रको प्रदर्शन गर्न लागेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका अध्यक्ष राज लोप्चन तामाङले फोनिज कोरियालाई बताएका हुन् । “सामाजिक उद्देश्यले गर्न लागेको यस चल्चित्र प्रदर्शन कार्यक्रममा उपस्थित भएर सफल बनाउन कोरियामा रहनु भएका सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।” अध्यक्ष तामाङ्ले अनुरोध गरे ।
चलचित्र महाजात्रा चैत्र ९ गतेबाट नेपालमा प्रदर्शन हुँदै छ । आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ।
हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ।
दक्षिण कोरियामा भने चलचित्र “महाजात्रा” बिशाल आवाज मल्टिमिडिया प्रालीले भित्र्याएको हो । बिशाल आवाज मल्टिमिडियाले जात्रा, जात्रै जात्रा लगायतको फिल्मको विभिन्न संस्थाहरुको सहकार्यमा दक्षिण कोरियामा सफल प्रदर्शन गरिसकेको छ ।