पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
यहिँ अप्रील २१ आइतबारका दिन पूर्वाञ्चल सरोकार समजले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने भएको छ। सरोकार समाजले सलनाल र छुसकमा यस संस्थामा आवद्ध रहेका १/१ संस्थालाई सांगितिक कार्यक्रम र डान्स पार्टी गर्न अनुमति दिने गरेको महासचिव केदार निरौलाले जानकारी गराएका छन्।
यसैगरि सोहि दिन पूर्वाञ्चल सरोकार समाजले संयुक्त कार्यालय पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उक्त संयुक्त कार्यालयमा पूर्वाञ्चल सरोकार समाजमा आवद्ध १४ जिल्ला र दुइ जातिय संस्थाहरुको आ आफ्नो कार्यालय रहनेछ भने यस हलमा संस्थागत बैठक, सेमिनार आदि प्रयोजनको लागि पनि उपयुक्त हुने अध्यक्ष गजेन्द्र शेर्माले जानकारी दिएका छन्। साथै संस्थाले यस सभाहल व्यवथापनकै लागि मे ४ तारिख बेलुकी डान्स पार्टीको पनि आयोजना गर्दैछ।