ईपीएसबाट आठ बर्षमा ३२ हजार नेपाली कोरिया आए
सोल –रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भए यता ३२ हजारभन्दा बढि नेपाली युवा दक्षिण कोरियामा रोजगारीका लागि आएका छन् । यहाँको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आठ बर्षमा ३० हजार ५ सय ३५ पुरुष र २ हजार ५२ जना महिला गरि ३२ हजार ५ सय ८७ नेपाली युवाले रोजगारीको अवसर पाएक हुन् ।
वर्षका आधारमा २००८ मा २ हजार ८ सय १४, २००९ मा १ हजार ९ सय ११, २०१० मा २ हजार ३ सय ३९, २०१३ मा ५ हजार ४६, २०१४ मा ६ हजार २८ र २०१५ को अघिल्लो ६ महिनामा ४ हजार १ सय ३४ जना आएका छन् । एक कार्यअवधि समाप्त गरेर ४ हजार जति नेपाल फर्किए पनि हाल करिब २८ हजार नेपाली कोरियामा कार्यरत रहेको सोलस्थित नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले बताए ।
अध्यागमन बिभागको तथ्यांक अनुसार सबैभन्दा धेरै नेपाली युवा २०१२ मा ६ हजार ३ सय ३२ कोरिया भित्रिएका थिए । यसमा मध्ये महिलाको संख्या ३ सय ९५ रहेको थियो ।