पूर्वाञ्चलद्वारा छुसक कार्यक्रम बाँडफाँड, सांगीतिक सौगातको लागि पाँचथरलाई अनुमति
पूर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गरेको छ। अप्रील २१ तारिक दोङ्देमून स्थित पूर्वाञ्चलको सभाहलमा भएको बाँडफाँड कार्यक्रममा पाँचथर सेवा समाजले सांगीतिक कार्यक्रमको लागि अनुमति पाएको हो। पाँचथर सँगै ओखलढुङ्गा सेवा समाजले पनि कार्यक्रमको निम्ति निवेदन पेस गरेको थियो। आगामी सलनालमा ओखढुङ्गाले कार्यक्रम गर्न पाउने सर्तमा सहमति जुटेको थियो।
डान्स पार्टीका लागि भने तीन संस्था किरात याक्थुङ चुम्लुङ, भोजपुर परिवार र ताप्लेजुङ सम्पर्क समितीले निवेदन पेश गरेका थिए। प्राथमिकताको आधारमा चुम्लुङले अनुमति पाएको थियो भने आवश्यकता अनुसार भोजपुरले पनि चाहेको खण्डमा छुसकको फरक मितीमा डान्स पार्टी आयोजना गर्नसक्ने सहमति भएको थियो।
छुसकको दोश्रो दिन सेप्टेम्बर १६ तारिख सांगितिक सौगात भाग २ आयोजना गर्ने पाँचथर सेवा समाजका अध्यक्ष रमेश लावतीले जानकारी गराएका छन्। यसैगरी सोहि दिन साँझ चुम्लुङले डान्स पार्टीको आयोजना गर्ने अध्यक्ष दिर्ज काङ्भाले फोनिज कोरियालाई जानकारी दिएका छन्।
पूर्वाञ्चल सरोकार समाजले उक्त संस्थामा आवद्ध रहेका संस्थाहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्दै छुसक तथा सलनालको कार्यक्रम बाँडफाँड गर्दै आएको छ।