एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाद्धारा छुसकमा हुने कार्यक्रमको बाँडफाँड गरिएको छ।एनसीसीले आइतबार सौलको दोङदेमुन स्थित निक ट्राभलको सभाहलमा गरेको बाँडफाँड कार्यक्रमबाट ३ संस्थाले अनुमति पाएको छ।
आगामी छुसकमा लमजुङ परिवार , कर्णाली प्रदेश समाज र नेपाल आदिवासी जनजाती महासंघको तर्फबाट शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रम गर्ने जिम्मेवारी प्राप्त गरेका हुन् ।
जातीय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले शेर्पा संघलाई कार्यक्रम गर्न दिएको अनुमतीलाइनै एनसीसीले आदिवासी जनजाती महासंघलाई समानान्तर मित्र संगठनको रुपमा स्वीकार गर्दै जनजाती महासंघको प्रस्तावलाई हुबहु अनुमोदन गरेको बताईएको छ ।
लमजुङ परिवार, कणर्ाली प्रदेश र शेर्पा संघ दक्षिण कोरियाले क्रमशः सेप्टेम्बर १५, १६ र १७ तारिखमा कार्यक्रम आयोजना गर्ने सहमती भएको छ । छुसकमा हुने सांगितिक कार्यक्रमलाई मर्यादित एवम व्यवस्थित गर्नका लागि कार्यक्रम बाँडफाँड गरिएको अध्यक्ष हरि खनालले जानकारी दिएका छन्।
एनसीसिका अध्यक्ष हरि खनालको अध्यक्षतामा भएको कार्यक्रममा एनसीसीको संरक्षक लोचन राईको प्रमुख आतिथ्य रहनुका साथै विभिन्न संघ
संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।