अगस्ट ३ र ४ तारिख ताप्लेजुङ सम्पर्क समितिले बृहत वनभोजको आयोजना गर्दै
कोरियाको गर्मी विदामा कहाँ जाने भनेर अन्यौलमा पर्नु भएको छ भने अब चिन्ता नगर्नुहोस्। किनभने ताप्लेजुङ सम्पर्क समितीले अगस्ट ३ र ४ तारिख वृहत वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।
सौलबाट नजिक रहेको 가평군 대성리 मा अवस्थित अति शुन्दर वनभोज स्थल खोलाको किनारमा रमणीय दृश्यावलोकन गर्दै विभिन्न मिष्ठान्न भोजन र पेय पदार्थको स्वाद लिदैँ समय व्यतित गर्न सकिने छ। साथै पुरस्कार सहितको मनोरञ्जनात्म खेल छोक्कु, हाँडी फुटाई, छेलो हान्ने आदि रहने अध्यक्ष अर्जुन सेन्दाङले जानकारी गराएका छन्।
वनभोजमा जानको लागि दोङ्देमूनबाट बेलुकी ५:३० र ६:३० बजे २ ओटा बसको व्यवस्था पनि गरिएको छ। वनभोजमा सहभागी हुनको लागि पुरुषलाई १ लाख वन र महिलालाई ८० हजार वन शुल्क तोकिएको छ। थप जानकारीका लागि अर्जुन सेन्दाङ ०१०८३८४९८१७ राम चाम्लिङ ०१०४४६४९०१९ बिजु माबो ०१०५८६५६१६५ श्रेहाङ इधिङ्गो ०१०९९९५८७०१ मिराक पंधाक ०१०५५१५८८४५ र सजना यक्सो ०१०८७७२८७५२ लाई समपर्क गर्न सकिने छ।