पहिलाे नेपाली महिला मैत्रीपूर्ण फुटबल र ह्वासाङ पुरूष फुटसल कप हुने


अमिर योन्जन ।  दक्षिण कोरियामा पहिलो पटक नेपाली महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । यही जुन महिनाको ३० तारिख आइतबार यहाँ बसोबास गर्ने नेपाली खेलाडी महिलाहरूको प्रतियोगिता शुभारम्भ गर्न लागेको हो ।
नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु (कृष्ण गुरुङ)ले एक सूचना जारी गर्दै महिला फुटबल खेलाडी र फुटबल प्रेमीहरूलाई उपस्थितिको लागि आव्हान गरेको छ । प्रतियोगिता कोरियाको ख्याङ्गीदो प्रान्तको ह्वासाङ सी क्षेत्रको याङ्नाममा हुने सूचनामा उल्लेख छ । महिला मैत्रीपूर्ण खेल मध्यान्ह १२ बजे विश्राम समयमा हुने उल्लेख छ ।
‘पहिलो ह्वासाङ फुटसल कप–२०२४’ प्रतियोगिता
यता सोही स्थानमा आइतबार नै पुरुष फुटसल फुटबल पनि आयोजना रहेको छ । ह्वासाङ नेपाली फुटबल क्लबको आयोजनामा ‘पहिलो ह्वासाङ फुटसल कप–२०२४’ प्रतियोगिता हुन लागेको हो । ‘फुटबल प्रवासमा एकता, मनोरञ्जन, स्वास्थ्य जीवनको लागि आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गर्दै छ ।
टाई सिट अनुसार फुटसल प्रतियोगितामा ३२ समूहले दर्ता गरेका छन् । १६/१६ टिम गरी पोल ए र पोल बी गरी खेलाइने सूचनामा उल्लेख छ । सबै खेल नक आउट प्रणालीमा खेलाइने र प्रत्येक खेलको १५/१५ मिनेटको समय तोकिएको छ । आयोजकले २३ तारि आइतबार फारानमा टाई सिट बाँडफाँड गरेको थियो ।
पुरुष फुटसल प्रतियोगिताको विजेताले कोरियन वन तीस लाख, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले कोरियन वन बिस लाख, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकले नगद १ लाख वन सिल्ड, मेडल र प्रमाणपत्र पाउने ह्वासाङ नेपाली फुटबल क्लबको खेलाडी युवेन तुम्बापो लिम्बुले जानकारी दिए । र मैत्रीपूर्ण महिला खेलमा सहभागी खेलाडीहरूले प्रमाणपत्र पाउने छन् । प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...