गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ ।
मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो । गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो ।