तमू धीं कोरियाले अगस्ट ४ मा रजतजयन्ती मनाउदै


तमू धीं दक्षिण कोरियाले आगामि अगस्ट ४ तारिखका दिन रजतजयन्ती मनाउने भएको छ । संस्था स्थापनाको २५ औं बर्षको अवसरमा सौल जुङ्गु (서울 중구 장충단로 247)मा भव्य कार्यक्रमको आयोजना गर्दै रजतजयन्ती उत्सव मनाउन लागेको संस्थाको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् ।  

“प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु” अथवा शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नै हराउछ । भन्ने मूल नाराका साथ १९९९ मा तमूधी दक्षिण कोरिया स्थापना भएको हो । यस अवसरमा संस्थाले आफ्नो स्मारिका समेत प्रकाशित गर्ने बताएको छ ।

रजतजयन्ती उत्सव कार्यक्रमको प्रमुख अतिथि अन्तराष्ट्रिय तमू परिषदका संस्थापक अध्यक्ष रेशम गुरुङ र बिशेष अतिथिमा संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङ रहने जनाएको छ ।  कार्यक्रममा तमूहरुको मौलिक नृत्य घाँटु, सोरठी साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु, मौलिक संस्कृतिको प्रदर्शन र मौलिक परिकारहरु पनि रहने छ । ‘त्यसैले कोरियामा रहनु भएका तमूहरु तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ अध्यक्ष गुरुङले अनुरोध गरिन ।  

कार्यक्रम बारे थप जानकारी-

मितिः- २०२४, अगस्ट ३ शनिबार

समयः- दिनको ०३ः०० बजे।

मिति :- २०२४/०८/०४ आइतबार 

समय :- दिनको ०१:०० बजे

स्थान :- 서울 중구 장충단로 247, 굿모닝시티 8F, Good Morning City, 8th Floor.

जाने तरीकाः- सौल मेट्रो २, ४ र ५ नंबर लाईन, Dongdaemun History and Culture Park Station, गेट नंम्बर १३ र १४ बाट नजिकै।

तथा तमू धीं दक्षिण कोरिया परिवार।।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...