चुम्लुङ छल्लादो शाखाद्वारा विरामीलाई १८ लाख वन सहयोग
किरात याक्थुङ चुम्लुङ छल्लादो शाखाले एक विरामीलाई १८ लाख ७५ हजार वन सहयोग गरेको छ। इलाम चुलाचुली-०१ का ४ वर्षीय ब्लड क्यान्सर पीडित, इभान लावती बचाऔँ अभियान चलाएको थियो।
उक्त संकलित रकम आज औपचारिक रुपमा इभानका बुबा नेत्र लावतीलाई हस्तान्तरण गरिएको अध्यक्ष गणेश लिम्बूले फोनिज कोरियालाई जानकारी दिएका छन्।
चुम्लुङ छल्लादो शाखाले चलाएको अभियानमा सरिक हुने सबै सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्दै विरामीको स्वास्थ्य लाभको कमना गरेको छ्।