फोनमनीबाट पैसा पठाउँदा तीन जनाले पाए दोब्बर रकम
अमिर योन्जन । दक्षिण कोरियाबाट फोनमनीबाट पैसा नेपाल पठाउँदा तीन जनाले दोब्बर पाएका छन् । फोनमनीको ‘फोनमनीको साथमा, एक करोड हातमा’ योजना अन्तर्गत ‘हरेक हप्ता पैसा डबल’ अफरमा तीन जनाले पाएका हुन् ।
पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्काले पाएका हुन् । तर पैसा कति पायो, त्यो भने फोनमनी र विजेताहरूले खुलाएका छैन ।
फोनमनी रेमिटेन्स कम्पनीले हरेक हप्ता सोमबार कोरियाबाट पैसा पठाउनेहरु मध्येबाट इलेकट्रोनिक विधिबाट लक्की ड्र गरी एक जना विजेता चयन गर्दै आइरहेका छन् । यस लक्की ड्र योजनामा फोनमनी मार्फत बैङ्क खाता, नगद वा इ–सेवा वालेटमा पैसा पठाउँदा सहभागी हुन पाउने छ ।
त्यस्तै ‘फोनमनीको साथमा, एक करोड हातमा’ योजना अन्तर्गत पैसा पठाउने मध्येबाट एक जनालाई बम्पर उपहारको रूपमा एक करोड वन दिन बताएको छ । र साथमा काठमाण्डौंमा घर उपहारको योजना पनि सञ्चालनमा रहेको बताएको छ ।
घर उपहार योजनामा फोनमनीबाट इ–सेवा मनी ट्रान्सफरमार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने बताएको छ । यो इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीबाट पैसा पठाउनेले सहभागी हुन सक्ने छन् । फोनमनीले नेपालमा पैसा पठाउँदा शून्य सेवा शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ । फोनमनीले अफरहरूमा सहभागीको लागि अनुरोध गर्दै सेवाग्राहीलाई सरल र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दाबी छ ।