काभ्रे सम्पर्क समितिको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम हुने
काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आगामी सेप्टेम्बर १४ र १५ मा बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको छ । संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले फोनिज कोरियालाई बताएका हुन् ।
सौल नजिकै रहेको 북한산 पहाडको फेदिमा रहेको रमाइलो वातावरणमा कार्यक्रम गर्न लागिएको जनाएको छ । ‘विशेष गरी संस्थाको साधारण सभा गर्ने र रमाइलो भेट्घाट पनि गर्ने भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।’ अध्यक्ष चौलागाईले बताए । ‘त्यसैले कोरियामा रहेका काभ्रेली लगायत इछुक सम्पूर्णमा सहभागिताको लागि हार्दिक अपिल गर्दछु ।’ उनले अनुरोध गरे ।
कार्यक्रममा पुरुषको लागि 80,000वोन र महिलाको लागि 60,000वोन शुल्क तोकिएको छ ।
कार्यक्रम स्थल सम्म जान ट्रेन लाइन नम्बर १ 신설동 स्टेशन बाट 신설동 – 북한산우이 लाइन चढी 북한산우이 स्टेशन बाट पैदल 10 मिनेट हिंड्नु पर्नेछ ।
संपर्क व्यक्तिहरु
Suman Chaulagain:-010-7342-9458
Sushma Thapa:- 010-6567-0766
Himal Syangtan :-010-8224-1764
Rajendra Pradhan:- 010-4888-2043
Ashish ghising tamang:- 010- 2151-0449
Sanu Lama:-010-5964-1729
Gp Timalsina :-०१०-४२६३-८०२२
Sitaram Timalsina-010-5843-3141