घरज्वाइँ चलचित्र कोरियाको चार सहरमा एकैसाथ प्रदर्शनको तयारी
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत पछिल्लो चलचित्र घरज्वाइँ कोरियाको विभिन्न चारभन्दा धेरै सहरहरूमा एकै साथ लाग्दै छन् । अगस्ट २४ जेजु र २५ गते सउल, थेगु, किम्हे–बुसान सहरमा प्रदर्शन हुने भएको हो ।
नेपाल मगर सङ्घ गणतन्त्र कोरियाले त्रिभुवन विश्वविद्यालयमा ‘मगर भाषा र संस्कृति अध्ययन’ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ चलचित्र प्रदर्शन गरेको नेपाल मगर सङ्घले जनकारी दिए । गत हप्ता आइतबार यही संस्थाले सुवन सहरमा भव्य प्रदर्शन गर्यो ।
अगस्ट २५ सउलमा मध्यान्ह १२ बजे, थेगुमा दिउँसो १ बजे, किम्हे–बुसानमा १ बजे र जेजु सहरमा अगस्ट २४ बेलुका ७ः३० मा हुने छन् । नेपाल मगर सङ्घ पायक पर्ने ठाउँहरूमा जानुभएर फिल्म हेर्न र समयमै सिट बुकिङ गर्न अनुरोध गरेको छ ।