‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख
अमिर याेन्जन । चर्चित गायक विश्व दोङसँगै विविध कलाकारहरूसँग ‘सेलो लाइट’ हुने भएको छ । साइनो ग्रुप, दक्षिण कोरियाको आयोजनामा आउँदै गरेको कोरियन पर्व छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख हुने भएको हो ।
पुस्तकालय निर्माणमा सहयोग गर्ने उद्देश्यले सेलो मौलिक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम आयोजकले जानकारी दिए ।
सेलो नाइटमा चर्चित गायक तथा सङ्गीतकार विश्व दोङ, डिजे सी–म्यान, गायक सूर्य रुम्बा, मिलन दोङ, अशिष मोक्तान बेजोड प्रस्तुति रहने छन् । त्यस्तै प्रतिज्ञा लामा, सरस्वती तामाङ, सनी र र्यापर इज २ पिएको दमदार प्रस्तुति रहने छन् ।
서울특별시 성북구 동소문로20나길 47, 지하2층 8201호 ठाउँमा हुने कार्यक्रम बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म हुने छ । टिकट बुकिङ खुल्ला भइसकेको आयोजकले बताएको छ ।