योङहाङ समाज कोरियाद्वारा बिरामी उपचारार्थ ३ लाख ३३ हजार रुपैयाँ सहयोग
योङ्हाङ समाज दक्षिण कोरियाले क्यान्सर विरामीलाई आर्थिक सहयोग गरेको छ। आर्थिक सहयोग अभियानमा ९३ जनाबाट ३३ लाख ४० हजार ७ सय १० वन ( ३ लाख ३३ हजार रुपैयाँ ) संकलन भएको थियो।
उक्त रकम आज इलाम जिल्ला मांसेबुङ गाउँपालिका १ कि सरिता योङहाङको थप उपचारका निम्ति योङ्हाङ कुल वंश प्रतिस्ठानका केन्द्रीय अध्यक्ष धनराज योङ्हाङ मार्फत हस्तान्तरण गरिएको अध्यक्ष सरोज योङहाङले जानकारी गराएका छन्।
विरामिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अभियानमा जोडिने सबै मनकारी व्यक्तिहरुलाई योङ्हाङ समाजले हार्दिक आभार व्यक्त गरेको छ।