छैठौं कोरियाली भाषा प्रतियोगिता २०२४ मा श्रीलंका प्रथम, ५ पटकको विजेता नेपाल दोस्रो


कोरियाली धार्मिक संस्था जेगेसाको IDIA (खुक्जेफोगेसा) द्वारा आयोजित छैठौं प्रवासी मजदुर वक्तृत्वकला प्रतियोगिता २०२४ मा श्रीलकांका निशान्थ हिमिहामीले स्वर्ण पदक (प्रथम) प्राप्त गरेको छ ।

अक्टोबर १३ तारिख आईतबार जोगेसामा आयोजित प्रतियोगिताका बिजेता निशान्थले प्रमाणपत्र, ५ लाख वोन साथमा पुरस्कार हात पारे । उनले शान्ति र दया शिर्षकमा आफ्नो मन्तव्य राखेका थिए ।

विभिन्न ७ देश नेपाल, श्रीलकां, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, भियतनाम र किर्गिस्तानका गरि कुल १५ जना प्रतिस्पर्धीहरू सहभागीका थिए ।

उक्त प्रतियोगिताको पाचौं संस्करणसम्मको लगातार विजेता नेपालले समूह-बि बाट गोबिन्द अधिकारी र  समूह-ए बाट थाईल्याण्डका विरासकले दोस्रो स्थान हासिल गर्दा प्रमाणपत्र, नगद ३/३ लाख वोन र पुरस्कार, तेस्रो स्थानका कम्बोडियाका खासोक खेम र थाईल्याण्डका वाछिरीले प्रमाणपत्र, नगद २/२ लाख वोन र पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको लोकप्रिय पुरस्कार म्यानमारका मिनहान मिनप्योले पाएको छ । अन्य ९ प्रतिस्पर्धीहरूले पमाणपत्र र नगद १/१ लाख वोन सान्त्वना पुरस्कार पाएका छन् ।

निर्णयक मण्डलका अध्यक्षले प्रस्तुतीमा भनाई राख्ने क्रममा कोरियाली भाषामा दक्षता, बिषयवस्तु, प्रस्तुती शैली, समयसिमाका आधारमा निर्णय गरिएको बताए ।

कार्यक्रममा कोरियाली विभिन्न गुम्बा अध्यक्ष, धर्मगुरू, प्रत्येक देशका कोरियामा अवस्थित गुम्बाका अध्यक्ष प्रतिनिधी (धर्मगुरू), विभिन्न सञ्चारमाध्ययहरूको पत्रकार र देशैपिच्छे दर्शक-समर्थकहरूको उल्लेख्य उपस्थिती थियो ।

उक्त प्रतियोगितामा नेपालका दावा फिन्जो तामाङले तामाङ समुदाय र डाम्फूको बारे मन्तव्य राखेपछि प्रस्तोताको आग्रहमा तामाङले बजाईएको डम्फूको प्रत्यक्ष धूनमा हलमा सहभागी सबैले ताली बजाएर आनन्दित र रमाईलो मानेका थिए । प्रतिस्पर्धी तामाङले अन्तर्राष्ट्रिय स्टेजमा समुदायको महत्वपुर्ण विषय उठान गरेको देखेर सामाजिक सञ्जालमा सबैले प्रसंशा गरिरहेको छ ।

गत पाचौं संस्करणका स्वर्ण पदक विजेता नेपालका गुन्जमान लामाले प्रवासमा रोजगारी गरिरहेका धेरैको व्यक्तित्व बिकास र सामाजिक सहभागिता बढाउने कार्यक्रम आयोजना गरेको IDIA संस्था र प्रतिस्पर्धीहरूलाई आभार प्रकट गरे ।

IDIA ले कोरियाली, बहुसंस्कृती (कला, भाषा, धर्म) समुदायको जिवनशैलीसंग आप्रवासीलाई निकट बनाएर कोरिया बसाई सरल र सहज बनाउने उद्देश्यले प्रत्येक बर्ष प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

भिडियो लिंकः

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • खोम गुरुङको शब्दमा पूर्वेली भाका “शितल छायाँमा” को भिडियो सार्वजनिक
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...