नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
पूर्वी नेपाल समाजले विभिन्न चाडपर्वहरुको शुभकामना आदानप्रदान एवम देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ। सदा झै यस वर्षपनि संस्थाले दशैँ तिहार नेपाल संवत र छठ पर्वको संयुक्त रुपमा उक्त कार्यक्रम गर्न लागेको हो।
दोङ्देमून स्थित 종로중앙새마을금고, हलमा नोभेम्बर २ तारिख मनाउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
उक्त दिन शुभकामना आदानप्रदान साथसाथै विभिन्न मनोरञ्जनात्म कार्यक्रम र नेपाली मौलिक परिकारहरुको पनि स्टल रहने समाजका कार्यवाहक अध्यक्ष चित्र घलेले फोनिज कोरियालाई जानकारी गराएका छन्। साथै दिपावली विशेष कार्यक्रम भएकोले सामुहिक देउसी भैलो समेत प्रस्तुत हुने तयारी रहेको छ। कोरियामा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन आयोजकले अनुरोध गरेको छ।