सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
दक्षिण कोरियाको ठुलो सहर सुवनको मेगाबक्समा छक्का पन्जा–५ प्रदर्शन गर्ने भएको छ । नोभेम्बर १० मा आइतबार १ बजे प्रदर्शन हुने भएको हो ।
दोलखाली समाज, दक्षिण कोरियाको आयोजनामा प्रदर्शन हुन लागेको हो । ‘दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोगार्थ’ स्वरूप प्रदर्शन गर्न लागेको सल्लाहकार सरोज केसीले जानकारी दिए । चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको उनले जानकारी दिए । बुकिङको लागि पोस्टरमा दिएका नम्बरमा सम्पर्क गर्न सक्ने छ ।
दिपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जा–५ नेपालमा दशैको फूलपातीबाट देश–विदेशमा एकैसाथ प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा व्यापक व्यापार गरेका छन् । कोरियाको नोन्सान सहरमा दशैमै प्रदर्शन गरिसकेको छ । नोभेम्बर १० मै किम्हे शोको लागि बुकिङ भइसकेको आयोजकले बताएको छ । अन्य सहरहरूमा पनि प्रदर्शनको लागि बुकिङ भइरहेको छ ।
प्रदर्शन मिति र निर्धारित समयमै उपस्थिति भएर चलचित्र हेर्न कोरियामा रहेको सम्पूर्ण दाजुभाइ, दिदीबहिनी लगायत आम नेपालीहरूलाई हेर्न आयोजकले निमन्त्रणा समेत गरेका छन् । टिकट शुल्क भने तीस हजार कोरियन वन (३०,०००) तोकिएको छ । मेगाबक्सको ठेगाना:수원시 팔달구 행궁로71 2층 메가박스 र पोस्टरमा रहेको ठेगाना हेरेर सुवन स्टेसनबाट बस र ट्याक्सीबाट हलसम्म पुग्न सकिने छ ।
टिकट अग्रिम बुकिङको लागि दोलखाली समाजका सल्लाहकार सरोज केसी, अध्यक्ष अभि थापा लगायत कमिटीका प्रतिनिधिहरूबाट पनि गर्न सकिने छ । नम्बर: 01064856041, 01077378727, 01082272599, 01083779316, 01059324321 ।
आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रूपमा छन् भने दीपकराज गिरी,वर्षा सिवाकोटी, केदार घिमिरे ९माग्ने बुढा०, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा,उत्तम केसी, दमन रुपाखेती, निर्मल शर्मा लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।