जापानी आकाशमा जब भूतको आकृति देखियो
काठमाडौं- अध्ययनका जापान पुगेका मदन चेम्जोङलाई यतिवेला आफनो आईफोनले खिचेको फोटोमा देखिएको भूतको आकृतिले अचम्म तुल्याएको छ । गत बुधवार साँझ चिवा स्थित ‘टोकियो वे’मा जापानी उत्सव ‘हानाबि’ आतिसबाजी हेर्न पुगेका धनकुटा राजारानीका चेम्जोङलाई आफैले खिचेको फोटोमा भूत जस्तो आकृति देखिएपछि अचम्म पारेको हो ।
साँझ करिव ७ वजे उत्सव हेर्न पुगेका उनले रोमान्चक दृष्यको फोटो धमाधम खिच्न थाले । करिव एक घण्टा चलेको उत्सव क्रममा भिडियो तथा फोटो खिच्नमा मस्त रहेका सहकर्मीहरुसंग समय विताए । तर घर आउनेक्रममा केहीवेरमा फोटो फेसबुकमा अपलोड गर्दा अचम्मको दृष्य देख्न पुगे । फोटोको माथिल्लो केही वीच भागमा सेतो कपडाले वेरिएको कालो कपाल भएको मान्छे उभिएर हेरिरहेको देखिन्छ ।
जब आतिसबाजी सुरु भयो धमाधम फोटो खिच्नेक्रममा देखिएको दुईवटा फोटोमा मात्र यस्तो देखिए पछि उनी मात्र होइन सो क्षेत्रमा वस्ने धेरैले भूत भनेपछि त उनको सात्तो उडेको छ । कलेजको होस्टल कोठाबाट २० मिनेटको दुरीमा रहेको उत्सव स्थलबाट घर आउने क्रममा वाटैमा उनले फोटो फेसवुकमा अपलोड गरेका थिए ।
लगत्तै साथीहरुले कमेन्ट सुरु गरेपनि आफैले खिचेको फोटोमा अचम्मको आकृतिले उनको मनमा अनेकन शंका उब्जायो । भोली पल्ट भाषा कलेजमा शिक्षकहरुलाई देखाउदाँ धेरैले त कम्प्युटरबाट बनाएको भनेपनि उनलाई भने अचम्म लागि रहेको छ |
आफुसंग न ल्यापटप न कम्प्युटर सवैले खिचेको फोटो स्थलमै अरुको भन्दा फरक देखिएको फोटोले उनीमात्र होइन सोही क्षेत्रबाट काममा आउने जानेहरुलाई भने त्रास फैलाएको छ । केहीले फोटोमा भूत देखिएको भनेपछि चेम्जोङलाई पनि कसरी यस्तो भयो भनेर कौतुहल बढेको छ | -नेपाल जापान डट कम